०२ साउन २०८३, शनिबार

बैशाखमा हरिहर अधिकारीको बिहे !

बैशाखमा हरिहर अधिकारीको बिहे  !

कलाकार तथा ज्योतिष हरिहर अधिकारी र नीता ढुंगानाको प्रेमबारे हल्ला खल्ला भइरहेकै कुरा हो । तर, उनीहरु पछिल्लो केहि समयदेखि गहिरो प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

कुनै मिडियामा प्रेमका बारेमा न भनेपनि आजभोलि सामाजिक सञ्जालमार्फत तस्विर शेयर गर्न थालेका छन्। एकले अर्काको पोस्टमा कमेन्ट र रियाक्ट गर्न थालेका छन् ।

नीताले हरिहरले चलाउँदै आएको कार्यक्रम मार्ग दर्शनका भिडियो शेयर गरिरहेकी हुन्छिन् । 

नीताले केहि समय अघि एक टिभी कार्यक्रममा आफू हरिहरसँग प्रेममा रहेको रहस्य खोलेकी थिइन भने हरिहरले समेत लोकान्तरसँगको गफमा आफुलाई नीता मनपर्ने र उनले पनि राम्रो लाग्ने गरेको बताएका थिए ।

स्रोतका अनुसार उनीहरु आगामी बैशाखमा बिहे गर्ने सम्भावना छ । तर, उनी दुबैले यो बिषयमा भने मुख खोलेका छैनन् । हरिहरले केहि समय अघि सार्वजनिक गरेको नीतासँगको तस्विरमा सबैले नाइस कपल भनेका थिए भने पछिल्ला हरेक पोस्टमा उनका सुभेच्छुकले नीतासँग जोडेर कमेन्ट गर्न थालेका छन् ।

आज मात्रै नीताले हरिहर अधिकारीको जन्मदिनको अवसरमा दुबैको मुस्कानसहितको तस्विर शेयर गर्दै शुभकामना दिएकी छन् । उक्त सुभकामनास्वरुपको पोस्टमा सबैले प्रेम रहेको सहजै बुझ्न सक्छन् । 

हरिहर निकट एक स्रोतका अनुसार हरिहर र नीता १ बर्षदेखि प्रेममा छन् ।

salt training

कमेन्ट गर्नुहोस्