२७ जेठ २०८३, बुधबार

भागरथी भट्टको न्यायको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

फागुन २, २०७७
भागरथी भट्टको न्यायको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ केन्द्रीय समितिले आइतवार बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्‍याली तथा कोणसभा गरेको हो । 

कोणसभामा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए ।

नेपाल महिला संघका महासचिव एवं पूर्व राष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताइन् ।
    
भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसंघले निरन्तर खबरदारी गर्ने संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । पद्मकन्या क्याम्पसबाट शुरू भएको विरोध र्‍याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्