०१ असार २०८३, सोमबार

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

फागुन ३, २०७७
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।केही दिनदेखि नेपालमा राजनीतिक उतारचढावका साथै खुलेआमरुपमा मानिसहरु जुलुस, आमसभा, विरोधका कार्यक्रम लिएर सडकमा उत्रिएसँगै कोरोना परीक्षणमा कमी आएको र परीक्षण गरेका न्यून संख्यामा कोरोना पुष्टि हुनुलाई कोरोना निर्मूल भएको सम्झन नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कोरोना संक्रमितको संख्या शून्यमा नझरेसम्म उत्तिकै चुनौती रहिरहन्छ । यस्तो अवस्थामा अझ संक्रमितको पहिचानका लागि ठूलो संख्यामा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए । उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ ।डा. पौडेलले भने– ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन ।

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु एस जिन नेगेटिभ आएकाले नयाँ प्रजातिको भाइरसको आशंका गरिएको भए पनि निश्चित भइसकेको छैन । आशंका गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।’भेरियन्ट प्रजातिको नयाँ भाइरस हो होइन भन्ने पहिचान गर्नका लागि ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो परीक्षण अहिले नेपालमा शुरु भइनसकेको र एक सातापछि शुरु हुने डा. पौडेलले बताए । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्