२८ जेठ २०८३, बिहीबार

भारत र चीनबीच नाकु ला सीमामा पनि घट्दैछ तनाव

फागुन ३, २०७७
भारत र चीनबीच नाकु ला सीमामा पनि घट्दैछ तनाव

पूर्वी लद्दाखमा रहेको वास्तविक नियन्त्रण रेखा नजिक पांगोङ तालमा भारत र चीनका सैनिकहरू पछि हट्न थालेसँगै सिक्किमको नाकु लामा पनि तनाव घट्दै गएको हिन्दुस्तान टाइम्सले खबर दिएको छ । 
 

नाकु लामा दुवै देशका सेनाबीच ९ मे २०२० देखि २० जनवरी २०२१ सम्म तनावको स्थिति थियो र दुवै पक्षका सैनिकहरूलाई चोटपटक लागेको थियो । 

भारतका एक पूर्व सेनाप्रमुखका अनुसार, द्रुत गतिमा चिनियाँ सेना पांगोङ तालको उत्तरमा रहेको फिंगर ८ देखि पूर्वमा श्रीजपतर्फ गइरहेको छ र दक्षिणी भागबाट कम्तीमा २२० वटा चिनियाँ लाइट ट्यांकहरू हटाइएका छन् ।

सेनालाई बेइजिङका शीर्ष अधिकारीबाट आदेश आएको स्पष्ट भएको छ । 

सेनालाई कठ्यांग्रिदो स्थानमा राखिरहन गाह्रो भएकाले अनि तनावका कारण दुई देशको सम्बन्ध थप बिग्रिरहेकाले चीनले सेना पछि हटाएको भारतका एक वरिष्ठ कूटनीतिकर्मीले बताए । 

भारतीय सेनाका वरिष्ठ अधिकारीहरूका अनुसार, फेब्रुअरी १० मा पांगोङ तालमा डिसइंगेजमेन्ट प्रक्रिया शुरू गर्ने विषयमा बनेको सहमतिपछि भारतीय सेनाका कमान्डरहरूले नाकु लामा तनाव र दुई देशबीच बिग्रिँदै गएको सम्बन्धको विषय उठाएका थिए । 
 

डिसइंगेजमेन्ट प्रक्रियाका विषयमा चिनियाँ सेनाको प्रतिबद्धता साबित गर्नका लागि एक बटालियन कमान्डरले नाकु लामा भारतीय सेनामा समकक्षीसँग कुरा गर्ने प्रस्ताव गरेका थिए र चीनका तर्फबाट सीमा उल्लंघन नहुने बताएको हिन्दुस्तान टाइम्स लेख्छ । 

salt training

कमेन्ट गर्नुहोस्