
भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले वृन्दावनको ब्रज चौरासी कोसी परिक्रमाको बाटोमा पर्ने सात महत्त्वपूर्ण स्थानमा धार्मिक चलचित्र प्रदर्शन गर्न निर्देशन दिएका छन् ।
पर्यटकमा धार्मिक भावना जगाउनका लागि चलचित्र प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ ।
उनले तीर्थस्थलहरूलाई स्वच्छ, सुन्दर एवं आकर्षक रूपमा विकसित गर्नका लागि सबै विभागले मिलेर काम गर्नुपर्ने पनि बताए । मन्दिरहरूमा चढाइएको फूलबाट बनेका अगरबत्ती, धूपबत्ती जस्ता सामग्री उत्पादन गर्नका लागि महिला स्वयंसेवी समूहलाई जोड्दा उनीहरूको आय बढ्छ, उनले बताए ।
उनले कृष्ण थिम पार्क तीर्थ विकास परिषद्लाई दिन तथा ठूलो परिक्रमाको अवसरमा बरसानामा होलीको कार्यक्रम आयोजना गर्न निर्देशन पनि दिए ।
योगीले जनपद मथुराको ४११ करोड भारु लागतका ९५ विकास परियोजनाको शिलान्यास र लोकार्पण पनि गरे ।