१३ असार २०८३, शनिबार

ओलीलाई कांग्रेस नेता कोइरालाको प्रश्न – राजाले झैं म जे भन्छु त्यही कानून हो भन्न खोजेको ?

ओलीलाई कांग्रेस नेता कोइरालाको प्रश्न – राजाले झैं म जे भन्छु त्यही कानून हो भन्न खोजेको ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर दिन खोजेको सन्देश राम्रो नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले सुनसरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, 'महाराजा बन्न लालायित भएको ? राजाहरुले झैं म जे भन्छु त्यही कानून हो भन्न खोजेको ?'

उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।

'राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउनु परेको हो,' उनले भने ।

संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायाधीशहरूले विवेक नगुमाइ निर्णय गर्नेमा आफू विश्वस्त रहेकोसमेत कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्