२२ जेठ २०८३, शुक्रबार

‘कोभिशिल्ड’ को प्रभावकारीता ७८ प्रतिशत

‘कोभिशिल्ड’ को प्रभावकारीता ७८ प्रतिशत

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । 

    स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे । 

उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफै हराएर जाने बताए । उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिए।

    सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४ गतेदेखि लगाउन थालेको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले खोप लगाएकामध्ये कोही पनि सिकिस्त विरामी हुनु नपरेकाले खोप लगाउन अनुरोध गरे ।

salt training

कमेन्ट गर्नुहोस्