२६ जेठ २०८३, मंगलबार

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै सामुन्ने मुक्का हानाहान, एक जना घाइते

फागुन ४, २०७७
काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै सामुन्ने मुक्का हानाहान, एक जना घाइते

काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएको छ । न्यायाधीशकै सामुन्ने भएको मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन् र 
 नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला र शर्माबीच हात हालाहाल भएको हो ।

अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको बेहोरालाई लिएर शर्मा र बाँस्तोलाबीच हात हालाहाल भएको हो । अदालतका स्रेस्तेदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, “घटना भएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएको खबर गोरखापत्र दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्