२८ जेठ २०८३, बिहीबार

मानसिक सन्तुलन ठीक नभएका व्यक्तिले कोदालो प्रहार गर्दा १ जनाको हत्या

फागुन ४, २०७७
मानसिक सन्तुलन ठीक नभएका व्यक्तिले कोदालो प्रहार गर्दा १ जनाको हत्या
प्रतिकात्मक तस्वीर

बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमववार मानसिक सन्तुलन ठीक नभएका १ व्यक्तिले कोलादो प्रहार गरी स्थानीय १ जनाको हत्या गरेका छन् भने अन्य ५ घाइते भएका छन् । 

मानसिक सन्तुलन ठीक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईं र ३६ वर्षीया लक्ष्मी चापागाईंलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उनका ६ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्