२२ जेठ २०८३, शुक्रबार

डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित ३ जना पक्राउ

फागुन ४, २०७७
डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरू गरेको जनाएको छ ।

ना७ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ १ हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा सोमवार राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार ट्यांकरसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।

पक्राउ परेकामध्ये सोही ट्यांकरका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

वीरगञ्जको नेपाल–भारत सीमामा रहेको संयुक्त प्रहरी जाँच चौकी इलाकाबाट ट्यांकरसहित उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाही प्रक्रिया शुरू भएको उनले बताए । नेपालभन्दा भारतमा डिजेल सस्तो छ ।

salt training

कमेन्ट गर्नुहोस्