
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर दोस्रो बजारमा कारोबार शुरू भएको लगातार तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ ।
एकै दिनमा १० प्रतिशत बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने गर्छ । ३४० मा कारोवार शुरू भएको शेयरको मूल्य ३ दिनको बीचमा ४ सय ५२ पुगेको छ ।
साताको तेस्रो दिन ४ सय ११ बाट शुरू भएको कारोबार ४ सय ५२ मा पुगेर ब्रेक लागेको हो ।
इन्फ्रास्ट्रक्चर बैंकको शेयर भरेकाहरूले एक महिनाको बीचमै लगानीको चौबर मूल्य पाउने भएका छन् ।
एक सय दरमा किनेको शेयरको मूल्य चार गुणाभन्दा बढिसकेको छ ।
अधिकांश शेयर एउटै ब्रोकरले खरिद गरेको देखिएको छ । खरिद गरिएका प्राय: शेयरमा ब्रोकर नम्बर ५९ संलग्न छ ।