
भारतको त्रिपुरा प्रदेशका मुख्यमन्त्री विप्लव देवले दिएको बयानलाई भारतीय कांग्रेसले बेवकुफी भनेको छ ।
गृहमन्त्री अमित शाहको भनाइ उदृत गर्दै मुख्यमन्त्री देवले नेपाल र श्रीलंकमा भारतीय जनता पार्टी (भाजपा) सरकार बनाउन चाहेको अभिव्यक्ति दिएका थिए ।
भारतीय कांग्रेसले फेसबूकमा शाह र देवको फोटो राख्दै लेखेको छ, ‘यिनीहरू जस्ता व्यक्तिका बेवकुफी भरिएका बयानका कारण आज भारतको छिमेकी देशसँगको सम्बन्ध खराब अवस्थामा पुगेको छ ।’
भाजपाका अध्यक्ष रहेका बेला गृहमन्त्री अमित शाहले नेपालमा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएकोबारे मुख्यमन्त्री देवले अभिव्यक्ति दिएका थिए ।

इन जैसे लोगों के बेवकूफी भरे बयानों की वजह से आज भारत के पड़ोसी देशों के साथ रिश्ते सबसे खराब दौर में पहुंच चुके हैं। pic.twitter.com/z4z00CmglL
— Congress (@INCIndia) February 15, 2021