१९ असार २०८३, शुक्रबार

कांग्रेसका महत दाजुभाईको इलाकामा माओवादी उम्मेदवार विजयी

कात्तिक २०, २०७४
कांग्रेसका महत दाजुभाईको इलाकामा माओवादी उम्मेदवार विजयी

नुवाकोट, ६ जेठ– पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत र उनका भाइ तथा हालका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको इलाका मानिने नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रका तेजबहादुर २ हजार ९ सय ६२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामेश्वर थापा २ हजार ८ सय ५४ मतमा रोकिए ।

सो गाउँपालिकाको उपप्रमुखमा भने कांग्रेस उम्मेदवार विजयी भएकी छन् । उपप्रमुखमा कांग्रेसकी सीता खड्का पराजुली २ हजार ७ सय ९३ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी प्रकृति रिजालले २ हजार ५ सय ७८ ल्याउन सकिन् ।

५ वडा रहेको यो गाउँपालिकाको ३ वडा माओवादीले जितेको छ भने १–१ वडामा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । वडा १, ४ र ५ मा माओवादी, २ मा एमाले र ५ मा कांग्रेस उम्मेदवारले जीत हासिल गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्