२५ जेठ २०८३, सोमबार

अमेरिकामा भयंकर बिजुली संकट, अर्बपति मस्कले कारमा बिताए रात

फागुन ६, २०७७
अमेरिकामा भयंकर बिजुली संकट, अर्बपति मस्कले कारमा बिताए रात

अमेरिकाको टेक्सस राज्यमा अभूतपूर्व रूपमा बिजुलीको संकट आएको छ । 

भीषण जाडो र हिमपातका बीच बिजुली नहुँदा सर्वसाधारणको बिजोक भएको छ । 

यसैबीच अर्बपति इलोन मस्कले आफूलाई न्यानो राख्नका लागि बहुचर्चित विद्युतीय कारमा रात बिताउनुपरेको छ । त्यसपछि उनी राज्यको विद्युत् आपूर्ति गर्ने ग्रिड अपरेटरमाथि आक्रोशित भएका छन् । 

विगत चार दिनदेखि बिजुलीको संकट भएपछि राज्यका ३० लाख मानिस प्रभावित भएका छन् भने २१ जनाको मृत्यु भइसकेको छ । 
 

टेक्सस राज्यमा तापक्रम माइनसमा पुगेको छ जसले गर्दा विद्युत् कम्पनी एर्कोटले बिजुली निकाल्नै सकेन । 

विद्युत् कटौतीको असर अन्तरिक्षबाट पनि देखिएको छ । भूउपग्रहीय तस्वीरहरू हेर्दा ब्ल्याकआउट ठूलो क्षेत्रफलमा भएको देखिन्छ । 

मौसम विभागले थप हिमपात हुने चेतावनी दिएको छ । त्यसले बिजुली संकट थप गहिरो बनाउनेछ । 
 

इलोन मस्कले आफ्नो कारलाई क्याम्प मोडमा राखेर सुत्नुपरेको छ । त्यस मोडमा गाडी पार्क गर्दा लामो समयसम्म तापक्रममा परिवर्तन गराउने सुविधा हुन्छ । 
 

टेक्ससका एक बासिन्दाले लेखे, ‘विगत ६ घन्टादेखि बिजुली छैन । हाम्रो घरमा ग्यास पनि छैन । दाउरा सकिन लागेको छ । अब के गर्ने होला ?’
 

salt training

कमेन्ट गर्नुहोस्