२२ जेठ २०८३, शुक्रबार

ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी १ महिलाको सीमा क्षेत्रबाट उद्धार

फागुन ६, २०७७
ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी १ महिलाको सीमा क्षेत्रबाट उद्धार
प्रतिकात्मक तस्वीर

प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी १ महिलालाई सीमानाका डोकेबजारबाट बिहीवार उद्धार गरिएको छ । 

कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी पत्नी ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका लागि प्रहरीचौकी त्रिनगरमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्