०४ असार २०८३, बिहीबार

चुनावमा नराम्ररी हार्‍यो प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी

फागुन ६, २०७७
चुनावमा नराम्ररी हार्‍यो प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी

लामो समयदेखि भारतको शासनसत्ता सम्हालिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) पञ्जाबको निकाय चुनावमा नराम्ररी पराजित भएको छ ।

चुनावमा भारतीय कांग्रेसले उत्साहजनक नतिजा निकालेको छ । पञ्जाबका ८ मध्ये ६ नगर निगममा कांग्रेसले जितेको छ ।

बठिंडा, अबोहर, कपूरथला, होशियारपुर, फतेहगढ चूडियाँ क्षेत्रमा भाजपा र आम आदमी पार्टी (आप) को पत्तासाफ भएको छ । पञ्जाबमा अकाली दल दोस्रो ठूलो पार्टी बनेको छ । भाजपा सांसद सनी देओलको क्षेत्रमा भाजपाले खाना नै खोल्न सकेन ।

पञ्जाबको अबोहर नगर निगमका ५० वडामध्ये ४९ वडामा कांग्रेस र १ वडामा अकाली दलले जितेको छ । भाजपा र आपले खाता नै खोल्न सकेनन् । बठिंडामा ५० मध्ये ४३ वडामा कांग्रेसले जितेको छ भने ७ वडामा अकाली दलले जितेको छ ।

कांग्रेसले क्याप्टन अमरिन्दर सिंहको नेतृत्वमा चुनावी अभियान सञ्चालन गरेको थियो । निकाय चुनावको नतिजाबाट कांग्रेस हौसिएको छ भने सन् २०२२ मा हुने विधानसभा चुनावमा कांग्रेसले राम्रो प्रदर्शन गर्ने आशा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्