०४ असार २०८३, बिहीबार

माटोको ढिस्कोले पुरिएका २ जना कामदारको सकुशल उद्धार

फागुन ६, २०७७
माटोको ढिस्कोले पुरिएका २ जना कामदारको सकुशल उद्धार
प्रतिकात्मक तस्वीर

पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका २ कामदारको सकुशल उद्धार गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा बिहीवार बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका २ जनाको सकुशल उद्धार गरिएको हो ।

काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही  पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्