१८ असार २०८३, बिहीबार

दुई रिटमा प्रधानमन्त्रीको छुट्टाछुट्टै जवाफ, के छ ओलीले सर्वोच्चमा पेश गरेको ११ बुँदामा ?

दुई रिटमा प्रधानमन्त्रीको छुट्टाछुट्टै जवाफ, के छ ओलीले सर्वोच्चमा पेश गरेको ११ बुँदामा ?

अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् ।

‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिरसहित वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेका छुट्टाछुट्टै रिटमा अदालतको आदेशबमोजिम प्रधानमन्त्री ओलीले बिहीवार स्वयं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।

माघ १५ गते ती रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले आफैं उपस्थित भएर जवाफ पेश गर्न प्रधानमन्त्री ओलीलाई आदेश दिएको थियो ।

दुईवटा मुद्दामा प्रधानमन्त्री ओलीले एउटै बेहोराका छुट्टाछुट्टै जवाफ पेश गरेका छन् ।

लिखित जवाफमा प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना गर्छ भनेर सोच्नु नै दूराग्रहपूर्ण भएको जिकिर गरेका छन् ।

'लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण छ,' प्रधानमन्त्री ओलीले भनेका छन् ।

उनले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई मुद्दा हाल्ने प्रचलनमा नियन्त्रण हुनुपर्ने धारणा पनि राखेका छन् ।

'सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ, त्यसमा भने नियन्त्रण हुनु जरुरी देखिन्छ,' ओलीले पेश गरेको जवाफमा भनिएको छ ।

पढ्नुहोस्, यो पनि :

प्रधानमन्त्रीको जिकिर– मुद्दाको एउटा पक्षले भनेको कुरालाई अवहेलनाको विषय बनाउन मिल्दैन [पूर्णपाठ]

 

salt training

कमेन्ट गर्नुहोस्