२४ असार २०८३, बुधबार

भारतीय सहयोगमा झापाको जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने

असार १८, २०८३
काठमाडौं
भारतीय सहयोगमा झापाको जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने

भारत सरकारको करिब ३ करोड रूपैयाँ आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।

विद्यालय भवन निर्माणका लागि बिहीबार कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा तथा काठमाडौंस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

भारतीय राजदूतावासका अनुसार उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिनेछ । परियोजना शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन हुनेछ ।

null

शिलान्यास कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयरसहित अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि थप गुणस्तरीय र सुविधासम्पन्न सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

भारतीय राजदूतावासले भारत र नेपालबीच निकट छिमेकीका रूपमा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्दै नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्