
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र बेलायतका मन्त्री एवं संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतनसम्बन्धी पक्ष राष्ट्रको २६ औँ सम्मेलनका अध्यक्ष आलोक शर्माबीच आज मन्त्रालयमा भएको भेटमा आगामी नोभेम्बरमा हुने जलवायु परिवर्तन विश्व सम्मेलनमा नेपालको भूमिका तथा योगदानलगायतका विविध विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री आलेले नेपालको विकासमा बेलायतले पु¥याएको योगदानका लागि धन्यवाद दिएका थिए ।
भेटका क्रममा मन्त्री आलेले नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व बहन गर्न आफ्नातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पारेका थिए।