
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा उनको सुन्दर र शानदार जीवनशैलीका कारण सधैं चर्चामा रहन्छिन् ।
उनले फिटनेश तथा फेसनलाई लिएर धेरै नै चर्चा हुने गरेको पाइन्छ ।
यहाँ हामीले प्रियंकाका फिटनेस राज प्रस्तुत गरेका छौं, जसले तपाईंलाई समेत सुन्दर बन्न सहयोग मिल्न सक्नेछ ।
प्रियंकले बताएकी छिन् कि, उनको मेटाबोलिजम एकदमै राम्रो छ । जसले उनको तौललाई छिटो बढ्न दिँदैन । ‘द ह्वाइट टाइगर’ एक्ट्रेसले एक अन्तर्वार्ताका क्रममा आफूले स्पेशल डाइटप्लान फलो नगरेको बताएकी छिन् । यद्यपी कसरी उनी यति सुन्दर छिन् ? उनका फ्यानहरूलाई यो भने रोचक लाग्ने छ ।
उनले अन्तर्वार्ताका क्रममा बताएकी छिन्,‘मेरो यस्तो सोच्दिन कि खानाका कारण मेरो तौल बढ्छ । मलाई जे खान मन लाग्छ त्यो म खान्छु । जब मेरो तौल थोरै बढेको जस्तो मलाई लाग्छ, त्यतिखेर म सलाद, प्रोटिन तथा सूप सेवन गर्न थाल्छु । मलाई मेरो शरीर ठीकै छ भन्ने लागेमा म चीज, बर्गर, पिज्जा सबै खान्छु ।’
प्रियंकाले आफूले दैनिक रूपमा भने रोटी, हरियो सागसब्जी तथा फलफूल खाने गरेका बताएकी छिन् ।
उनले शरीरको छालालाई मुलायम तथा चम्किलो बनाउनका लागि एक दिनमा कम्तीमा पनि १० गिलास पानी पिउने गरेको बताएकी छिन् ।