११ असार २०८३, बिहीबार

यी ३ कारणले जुलुसमा सहभागी हुने रहेछन् गाउँका सिधासोझा

फागुन ७, २०७७
यी ३ कारणले जुलुसमा सहभागी हुने रहेछन् गाउँका सिधासोझा

पर्साको हरपुरकी २२ वर्षीया सतियादेवी राम गाउँलेको साथ लागेर गत माघ ९ गते पहिलो पटक काठमाडौं पुगिन् । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको सभामा पुगेपछि मात्रै सतियादेवीलाई थाहा भयो–आन्दोलन त आफ्नाहरुका विरुद्ध आफ्नैले गरेका रहेछन् ।

यसअघि पनि यस्ताखाले आन्दोलन र सभामा सहभागी भइरहने उनलाई भेट्न उनकै गाउँ हरपुर पुग्दा अधियाँमा पालेका बाख्रा चराउन गएकी थिइन् । कुराकानीको सुरुवातमै उनले भनिन्, ‘मास्टर (स्थानीय नेता) ले काठमाडौं जानुपर्छ भने, गएँ । पहिले पहिले एमालेले काँग्रेसलाई काँग्रेसले एमालेलाई गोली गरेको सुनिन्थ्यो । अहिले त आफ्नो मान्छेले आफ्नैलाई गाली गरेको सुनेँ । मैले केही बुझिनँ ।’

कान्तिपुर दैनिक लेख्छ–सतियादेवी तीन कारणले जुलुसमा हिँड्दा रहेछन् । पहिलो, गाउँका नेताले भनेको मान्नुपर्छ भन्ने धारणा । दोस्रो, जुलुसमा गए केही पाइन्छ भन्ने आस । र तेस्रो नेताहरुले पुराना बाचा पूरा गर्लान् कि भन्ने अपेक्षा ।’

salt training

कमेन्ट गर्नुहोस्