०५ असार २०८३, शुक्रबार

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव

फागुन ७, २०७७
पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने नेपाल पर्यटन बोर्डले प्रस्ताव अघिसारेको छ ।

सीमित अवधिका लागि मात्र बजार खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।

‘राति आठ बजे नै होटलभित्र प्रवेश गर्नुपरेपछि पर्यटकले नेपाल कति घुम्न सक्छन् ?’ उनले भने , ‘अब चौबिसै घण्टा पर्यटकीय बजार खोलौँ ।’

कोरोना सङ्क्रमणको परिस्थितिमा विगत एक वर्षमा बोर्डले गरेका काम सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उनले पर्यटक भित्र्याउन क्वारेन्टिन बाधक भएको स्पष्ट पारे । परिस्थिति सामान्य भइसक्दा पनि नेपालमा अन्तर्राष्ट्रियको उपस्थिति शून्यजस्तै भएकाले सरकारले पर्यटक भित्र्याउने सहज बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्