१२ साउन २०८३, मंगलबार

टुँडिखेलको मार्चपासलाई बाबुराम भट्टराईको समर्थन

टुँडिखेलको मार्चपासलाई बाबुराम भट्टराईको समर्थन

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सचेत नागरिकहरूको टुँडिखेल मार्च सराहनीय भएको बताएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डा. भट्टराईले टुँडिखेललाई सबै जनताको साझा खुला र हरियाली युक्त स्थान बनाउन समेत माग गरेका छन् । 

उनले फोक्सो बिनाको शरीर नभए झैं खुला हरित स्थान बिनाको शहर नहुने समेत बताएका छन् । उपत्यकाको विभिन्न स्थानमा टुँडिखेल र अन्य हरियाली युक्त खुला स्थान निर्माण गर्न सबैले ध्यान पुर्‍याउनुपर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्