२२ जेठ २०८३, शुक्रबार

म्यान्मार कू : प्रहरीले टाउको ताकेर हानेको गोली लागेर प्रदर्शनकारीको मृत्यु

फागुन ७, २०७७
म्यान्मार कू : प्रहरीले टाउको ताकेर हानेको गोली लागेर प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा लोकतन्त्रका लागि भएका प्रदर्शनका क्रममा प्रहरीको गोली लागेकी महिलाको मृत्यु भएको छ । 

सेनाले दुई हप्ताअघि कू गरेयताको प्रदर्शनको यो पहिलो मृत्यु हो ।
 

म्या थ्वाते थ्वाते खाइङ नाम गरेकी २० वर्षीया ती महिलालाई १० दिनअघि गोली लागेपछि अस्पताल लगिएको थियो र लाइफ सपोर्टमा राखिएको थियो । 

म निकै उदास छु र मेरो भन्नु केही छैन,’ उनका दाइ ये ह्तुत आङले रोयटर्स समाचार संस्थालाई बताए । 

अस्पतालका अधिकारीले आज बिहान ११ बजे उनको मृत्यु पुष्टि गरेका हुन् । अन्यायको घटना भएकाले उनको शरीरलाई पछि परीक्षण गरिने पनि उनले बताए । 

‘हामी मृत्युको कारणलाई अभिलेखमा राख्छौं र त्यसको एक प्रति अधिकारीहरूलाई पठाउँछौं । हामी न्याय खोज्छौं र अघि बढ्छौं,’ ती अधिकारीको भनाइ छ ।  

किराना पसलमा काम गर्ने ती महिलालाई प्रहरीले भीड तितरबितर गर्ने क्रममा गोली चलाउँदा लागेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्