०१ साउन २०८३, शुक्रबार

टिकापुर घटनाका आरोपीहरुको मुद्दा फिर्ता लिएकोमा साझा पार्टीको आपत्ति

कात्तिक २०, २०७४
टिकापुर घटनाका आरोपीहरुको मुद्दा फिर्ता लिएकोमा साझा पार्टीको आपत्ति

काठमाडौं, ६ जेठ– कैलालीको टिकापुर घटनाका आरोपीहरु विरुद्ध अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति साझा पार्टीले आपत्ति जनाएको छ ।

२०७२ भदौमा कैलालीको टिकापुरमा आठजना सुरक्षाकर्मी र एक जना नावालकको विभत्स हत्याको त्रासदीपूर्ण घटनाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिनेतर्फको सरकारको कदम गैरजिम्मेवार निर्णय भएको भन्दै साझा पार्टीले भत्र्सना गरेको हो ।

आज एक विज्ञप्ती जारी गर्दै साझा पार्टीले भनेको छ,‘दण्डहीनतालाई प्रश्रय दिने सरकारको यो निर्णय विधिको शासन र मानव अधिकारका आधारभूत मूल्य–मान्यताको बर्खिलापमा रहेको स्पष्ट छ ।’

साझा पार्टीले कैलाली लगायत सबै आपराधिक घटनाको निष्पक्ष जाँचबुझ गरी दोषीलाई कानुनी कारबाही गर्न र मुद्दा फिर्तासम्बन्धि निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्