२७ जेठ २०८३, बुधबार

तोकिएकै समयमा प्रतिनिधि सभा निर्वाचन गराउने अर्जुनदृष्टि : प्रमुख निर्वाचन आयुक्त

तोकिएकै समयमा प्रतिनिधि सभा निर्वाचन गराउने अर्जुनदृष्टि : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको बताएका छन् । 

पाँचौ निर्वाचन दिवस–२०७७ को डिजिटल माध्यमबाट उद्घाटन गर्दै उनले इतिहासको सको विरासत र साखलाई खुम्चन नदिने प्रतिवद्धता समेत ज्ञापन गरेका थिए ।

स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न/गराउन प्राविधिक तथा व्यवस्थापकीय रुपमा आयोग सक्षम रहेको बताउँदै राजनीतिक दलहरुले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्नेमा जोड दिए । 

निर्वाचन आयोगले सम्वत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । 

कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा. जानकी कुमारी तुलाधरले पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवालाहरु र कर्मचारीले आ–आफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन आव्हान गरेका थिए ।

कार्यक्रममा निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्याल र रामप्रसाद भण्डारी तथा आयोगका सचिव सुरेश अधिकारी सहित आयोग सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्