३१ जेठ २०८३, आइतबार

माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व मनाइयो

माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व मनाइयो

प्रत्येक वर्ष माघ शुक्ल सप्तमीका दिन साँखुमा माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व आज विधिपूर्वक मनाइएको छ ।

    लगला सप्तमीका दिन सल्लाको काठमा कपडा बेरेर तेलमा चोपी बालेर पाएसम्म नरिवलको जटा र नपाएमा सालको पातको टपरीमा राखेर शालीनदीमा बगाउने गरिन्छ । विशेषगरी वर्तालुले यसरी बत्ती बालेर शालीनदीमा बगाउने गरेको साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले बताए । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप पखालिई पुण्य पाइने विश्वास छ ।

यस दिनमा गत वर्ष माधवनारायणको व्रत बसेकाहरु पनि थपिने गरेका छन् । यसवर्ष भने कोरोना महामारीका कारण विगत वर्षका सबै वर्तालु आउन सकेनन् ।

salt training

कमेन्ट गर्नुहोस्