१० साउन २०८३, आइतबार

विभिन्न मुलुकका हवाई उडान प्रस्थान अवतरण अवरुद्ध, विलम्ब भए

कात्तिक २०, २०७४
विभिन्न मुलुकका हवाई उडान प्रस्थान अवतरण अवरुद्ध, विलम्ब भए
ट्युनिस, ११ पुस - ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएको ट्युनिसियाली गृहमन्त्रीले जानकारी दिनुभएको छ । 


ट््युनिसियाको ट््युनिस–कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक ट्युुनिस एयरको विमानमा सबै यात्रुलाई चढाई सकेपछि सो विमानमा बम राखिएको भन्ने असत्य हल्ला अकस्मात फैलिन गएको थियो ।

त्यसपछि सम्बन्धित अधिकारीले सबै यात्रुलाई उतारेर सबै यात्रुका झोला, ब्यागेजलगायत विमानको कुनाकाप्चा सबैतिर जाँच पड्ताल, निरीक्षण गर्दा बम वा अन्य शङ्कास्पद विस्फोटक पदार्थ केही पनि फेला नपरेपछि सो विमानलाई उड्ने अनुमति दिइएको पनि गृहमन्त्रीले बताउनुभयो ।

विमान सकुशल स्पेनको बार्सिलोना विमानस्थलमा अवतरण गरेको र बम राखिएको भन्ने असत्य हल्लासँग संलग्न एकजना संदिग्ध महिलालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको पनि जनाइएको छ ।

यसैगरी, श्रीलङ्काको कोलम्बो विमानस्थलमा हुने धेरै हवाई उडानका प्रस्थान अवतरण पनि विलम्व भएका छन् । कोलम्बोको स्थानीय बन्दरनायिके अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने एवम् बाह्य मुलुकबाट अवतरण गर्ने सबै हवाई उडान चार घन्टासम्म अवरुद्ध भई विलम्ब भएका छन् ।

कोलम्बोमा आवतजावत गर्ने धेरैजसो विमानले भारतीय भू–भागमाथिको आकाश मार्ग प्रयोग गर्छन् । सोमबार बिहान ८ः३० देखि १२ः३० सम्म भारतले दक्षिण भारतमाथिको आकाशमार्ग बन्द गर्नाले कोलम्बोका सबै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

श्रीलङकाको राष्ट्रिय ध्वजाबाहक श्रीलङ्कन एयरका सिङ्गापुर, जाकार्ता र क्वालालम्पुरतर्फ प्रस्थान गर्ने उडानका साथै धेरै बाह्य मुलुकबाट कोलम्बो आउने उडान पनि चार घन्टाले विलम्ब भएको कोलम्बो विमानस्थल अधिकारीले जनाएका छन् ।

दक्षिण भारतमा एक विशेष परीक्षण उडान सञ्चालन गर्नुपरेका कारण दक्षिण भारतको सरहदमाथिको आकाशमार्ग केही समयका लागि बन्द गर्नुपर्ने बाध्यता भएको भनी भारतीय हवाई यातायात नियन्त्रण निकाय (एयर ट्राफिक कन्ट्रोल) ले सम्बन्धित श्रीलङ्काली अधिकारीलाई पूर्व जानकारी दिएको पनि बताइएको छ । रासस /सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्