भारतको मध्य प्रदेशस्थित सतनाबाट अपराधको सनसनीखेज घटना सार्वजनिक भएको छ ।
त्यहाँका एक दन्तचिकित्सकले अवैध सम्बन्ध लुकाउनका लागि आफ्नै प्रेमिकाको हत्या गरेका छन् । ती प्रेमिका दन्तचिकित्सककहाँ असिस्टेन्ट सर्जनका रूपमा काम गरिरहेकी थिइन् ।
हत्या गरेपछि ती चितित्सकले क्लिनिकको छेउमा रहेको खाली जमीनमा मजदूरहरूलाई खाल्डो खन्न लगाए अनि पुरे ।
मारिएकी असिटेन्ट भानु केवटकी आमाले छोरी हराएको रिपोर्ट प्रहरीलाई गरिन् । प्रहरीले दन्तचिकित्सकलाई सोधपुछ गर्दा उसले लामो समयसम्म प्रहरीलाई झुक्याइरह्यो । तर पछि अलिक कडा सोधपुछ हुँदा उसले प्रहरीसमक्ष सबै कुरा बक्यो ।
जानकारीमा आएअनुसार, चिकित्सकले युवतीलाई प्रेमजालमा फसायो र उनले बिहेका लागि दबाब दिँदा चिकित्सकले उनलाई हत्या गरिदियो ।
चिकित्सकले खाल्डोमा युवतीको लाशसँगै मरेको कुकुर पनि गाडिदियो । मानिसले के गनायो भनेर सोध्दा कुकुर मरेको भन्नका लागि उसले षड्यन्त्र गरेको थियो ।
भानु केवटको हत्या गरेर प्रमाण मेटाउनका लागि प्रयास गरेको आरोपमा डेन्टल सर्जन डा आशुतोष त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिपाठीले डिसेम्बर १४ मा घाँटी थिचेर भानुको हत्या गरेका थिए । उनी त्यसै गरी भानुको लाशलाई खाल्डोमा पुरेका थिए ।