०४ असार २०८३, बिहीबार

चन्द्रागिरि–१३ को वडाध्यक्षमा एमाले

कात्तिक २०, २०७४
चन्द्रागिरि–१३ को वडाध्यक्षमा एमाले

काठमाडौँ, ६ जेठ - चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं १३ मा नेकपा (एमाले) का बालमुकुन्द बिडारीले एक हजार १० मत प्राप्त गरी वडा अध्यक्षमा विजयी हुनुभएको छ ।uml-ele

एमालेका उम्मेदवार ईश्वरी पनेरु, मैँया नेपाली र रामकुमारी भण्डारी तीनजना सदस्यमा तथा काँग्रेसका रामकुमार बोगटी सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले १० हजार ४४२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले सात हजार ७२२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म उपप्रमुखमा एमालेका लीसा नकर्मीले आठ हजार ८४५ मत प्राप्त गर्नुभएको छ, सोही पदमा काँग्रेसका इन्द्रावती श्रेष्ठले आठ हजार ६१५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो ।

कुल १५ वडा रहेको नगरपालिकामा कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । बाँकी वडाको गणना आजै साँझसम्म सक्ने तयारी भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्