०८ असार २०८३, सोमबार

राप्रपा अब महाधिवेशन केन्द्रित, अध्यक्ष कमल थापाको यस्तो आह्वान

फागुन १२, २०७७
राप्रपा अब महाधिवेशन केन्द्रित, अध्यक्ष कमल थापाको यस्तो आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब महाधिवेशन केन्द्रित भएको छ ।

संसद विघटनसँगै वैशाखका लागि तोकिएको निर्वाचनका कारण महाधिवेशन प्रभावित हुनसक्ने आशंका गरिएपनि सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि अब राप्रपा महाधिवेशन केन्द्रित हुने भएको हो ।

राप्रपा अध्यक्ष कमल थापाले बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राप्रपा महाधिवेशन सुनिश्चित भएको जनाएका छन् ।

‘प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि अब राप्रपाको महाधिवेशन सुनिश्चित भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार राप्रपाको महाधिवेशन २०७८ वैशाख २५–२८ काठमाडौंमा हुनेछ,’ अध्यक्ष थापाले लेखेका छन्, ‘एकता महाधिवेशनको निम्ति युद्धस्तरमा तयारी गर्न पार्टीका सबै तहका निकाय र साथीहरूलाई आह्वान गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्