११ असार २०८३, बिहीबार

प्रतिनिधिसभा विघटनदेखि फैसलासम्म : कहिले के भए ?

फागुन १२, २०७७
प्रतिनिधिसभा विघटनदेखि फैसलासम्म : कहिले के भए ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै मंगलबार पुनःस्थापनाको फैसला सुनाएको छ ।  अन्नपूर्ण पोस्टले पुस ५ मा केपी ओलीले प्रतिनिधिसभा भंग गरेसँगै भएका अदालती प्रक्रियाको ‘टाइमलाइन’ सहितको समाचार छापेको छ ।
–पुस ५ मा प्रतिनिधिसभा विघटन
–पुस ६ मा सर्वोच्चमा रिट दायर
–पुस ८ मा प्रधानन्यायाधीशको एकल इजलासमा पहिलो पेसी
–पुस १० मा संवैधानिक इजलास गठन, लिखित जबाफ माग
–पुस १९ मा प्रधानमन्त्रीसहितका विपक्षीद्वारा लिखित जवाफ पेस
–पुस २२ मा निरन्तर सुनुवाइ
–माघ महिनाभर पक्षविपक्षमा बहस
–फागुन ७ मा एकिमस क्युरीको अन्तिम बहस
–फागुन १० मा पक्षविपक्षका वकिलको बहस नोट
–फागुन ११ मा फैसला

salt training

कमेन्ट गर्नुहोस्