२९ असार २०८३, सोमबार

आगामी कदमबारे छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक

फागुन १२, २०७७
आगामी कदमबारे छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेपछि आगामी कदमबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले बुधवार बिहान ११ बजे स्थायी समिति बैठक बोलाएका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि निर्णय सुनाउँदै मंगलवार सर्वाेच्च अदालतले पुनःस्थापनाको फैसला सुनाएको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वाेच्चमा मुद्दा परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्