२५ असार २०८३, बिहीबार

प्रचण्ड+ सरकारले एमसीसी सिधै खारेज गरेको हेर्न गोकुल बाँस्कोटा आतुर !

फागुन १२, २०७७
प्रचण्ड+ सरकारले एमसीसी सिधै खारेज गरेको हेर्न गोकुल बाँस्कोटा आतुर !

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै सरकार फेरबदल हुनसक्ने चर्चाबीच नेकपा ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले प्रचण्डसहितको सरकारले एमसीसी परियोजना सिधै खारेज गरेको हेर्न आतुर रहेको प्रतिक्रिया जनाएका छन् ।

उनले देशको नक्सा अनुरूपको भूगोल खोजिरहेको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘म मेरो देशको नक्सा अनुरूपको भूगोल खोज्छु अनि प्रचण्ड+ ... सरकारले एमसीसी परियोजना सिधै खारेज गरेको हेर्न आतुर छु । साथै ०५४–०६६ ताकाको २२ दलीय सरकारको पालाको रामराज्य चलेको बेलाका राजनीतिक विकासका तरक्की पनि ।’

सर्वाेच्चको फैसलापछि ओली र प्रचण्ड दुवै पक्षले आ–आफ्ना आगामी रणनीति बनाउन छुट्टाछुट्टै बैठक बोलाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्