
चितवन, ७ जेठ– वैशाख ३१ मा सम्पन्न स्थानीय तह अन्तर्गत पहिलो चरणमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ ।
अब चार महानगरसहित केही स्थानीय तहको मतगणना मात्र सार्वजनिक हुन बाँकी छ ।
चितवनको भरतपुर महानगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको छ । पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवालीले १८ हजार १ सय ८५ मत पाउँदा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १७ हजार १ सय ४४ मत पाएकी छिन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले १९ हजार ७ सय ९४ मत पाएकी छन् भने एमालेकी दिव्या शर्माले १५ हजार ९ सय १७ मत पाएकी छिन् ।