१६ असार २०८३, मंगलबार

संसद्बाटै प्रधानमन्त्रीलाई कारवाही गर्छाैं : भीम रावल

फागुन १२, २०७७
संसद्बाटै प्रधानमन्त्रीलाई कारवाही गर्छाैं : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
 
सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरेको भोलिपल्ट बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको बताए ।

‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ,’ नेता रावलले भने, ‘नैतिकताको आधारमा राजीनामा दिनुपर्छ तर ओलीले त्यसरी राजीनामा दिँदैनन्, १३ दिनभित्रै संसद शुरू हुन्छ, हामीले संसद्बाटै ओलीलाई कारवाही गर्छाैं ।’

नेता रावलले ओलीको पक्षमा रहेकाहरूलाई मूलधारमा फर्किन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्