०२ असार २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

फागुन १२, २०७७
घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ३ सय रुपैयाँले घटेको छ । 

बुधवार छापावाल सुन प्रति तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलवार यस्तो सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । मंगलवार यस्तो सुन प्रति तोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ । यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्