०२ साउन २०८३, शनिबार

भाजपाको गढमा आम आदमी पार्टीको जीत

फागुन १२, २०७७
भाजपाको गढमा आम आदमी पार्टीको जीत

भारतको गुजरात राज्यमा शहरी निकाय चुनावमा भारतीय जनता पार्टीले शानदार जीत हासिल गरेको छ । 

तर साथसाथै आम आदमी पार्टीले यी चुनावहरूमा राम्रो शुरूआत गरेको छ । भाजपाको गढ मानिने क्षेत्रहरूमा उक्त दलले जीत हासिल गरेको छ । 
 

सूरतमा आम आदमी पार्टीले २७ सीट जितेको छ । 

पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस शुरूआतका लागि मानिसहरूलाई धन्यवाद दिएका छन् । शुक्रवार उनले गुजरात भ्रमण गर्ने घोषणा पनि गरेका छन् । 

केजरीवालले भने, ‘गुजरातले नयाँ राजनीतिको आरम्भ गरेको छ । इमान्दार राजनीति, कामको राजनीति, राम्रा विद्यालयहरूको राजनीति, सस्तो र २४ घन्टा नै बिजुली आउने राजनीति, राम्रा अस्पतालहरूको राजनीति । हामी सबै मिलेर गुजरातलाई सम्हाल्नेछौं । तपाईंहरूलाई धन्यवाद दिन म २६ फेब्रुअरीमा सूरत आउँदैछु ।’
 

salt training

कमेन्ट गर्नुहोस्