
बलिउडमा अहिले धमाधम चलचित्र बन्दैछन् । कोभिड १९ का कारण काम गर्न नपाएका बलिउडकर्मीहरू अहिले भने निकै व्यस्त देखिन थालेका छन् ।
बलिउड निर्देशक सुरज बर्जातियाले चलचित्र ओन्चाई यसै वर्षको सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरेका छन् ।
उनको चलचित्र ओन्चाईमा फिल्म अभिनेता अमिताभ बच्चन, बोमन ईरानी र अभिनेता अनुपम खेरको मुख्य भूमिका रहने बताइएको छ ।
यो फिल्मको कथा पुरानो मित्रताको महत्वको वरिपरि घुमेको निर्माताले बताएका छन् ।
मैने प्यार क्यु किया, हम आपके हे कोैन, हम साथ साथ है, विवाह, प्रेम रतन धन पायो निर्देशक बर्जातियाका प्रसिद्ध फिल्महरु हुन् । उनी फिल्मको शीर्षक फरक प्रकारको दिने निर्देशकमा पर्छन् ।