१२ असार २०८३, शुक्रबार

देउवालाई प्रचण्ड र नेपालको प्रस्ताव– ‘प्रतिनिधि सभा विघटन गर्ने ओलीसँग होइन हामीसँग मिल्नुस्’

फागुन १२, २०७७
देउवालाई प्रचण्ड र नेपालको प्रस्ताव– ‘प्रतिनिधि सभा विघटन गर्ने ओलीसँग होइन हामीसँग मिल्नुस्’
फाइल फोटो

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर जान प्रस्ताव गरेका छन् ।

देउवाको सरकारी निवास बूढानीलकण्ठमा बुधवार भएको भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जान प्रस्ताव गरेको देउवाका एक विश्वासपात्रले लोकान्तरलाई जानकारी दिए । 

‘प्रतिनिधि सभा विघटन गर्नेसँग नभई हामीहरूसँग मिलेर जाऔं भनेर सभापतिजीलाई प्रस्ताव आएको छ । उहाँले पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो,’ ती नेताले लोकान्तरसँग भने । 

स्रोतका अनुसार प्रचण्ड र नेपालले मिलेर सरकार बनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसले भोलिका लागि पदाधिकारी बैठक बोलाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्