२४ असार २०८३, बुधबार

किमलाई मार्न सीआईएले ग–यो षड्यन्त्र, उत्तर कोरियाले सार्वजनिक ग–यो प्रमाण

कात्तिक २०, २०७४
किमलाई मार्न सीआईएले ग–यो षड्यन्त्र, उत्तर कोरियाले सार्वजनिक ग–यो प्रमाण

काठमाडौं, ७ जेठ — अमेरिकी जासूसी संस्था सीआईएले किम सोङ–इल नामक व्यक्तिलाई प्रयोग गरेर सर्वोच्च नेता किम जोङ–उनको हत्या गर्न खोजेको उत्तर कोरियाले दाबी गरेको छ ।


नेता किमलाई जैविकरासायनिक पदार्थ प्रयोग गरेर मार्नका लागि सीआईएका साथसाथै दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस पनि लागिपरेको उत्तरको दाबी छ ।

उत्तरले एउटा भिडियो सार्वजनिक गर्दै आतंकवादी सोङ–इलसँग दक्षिण कोरियाले हत्याका सम्बन्धमा कुरा गरेको बताएको छ । एक एयरकन्डिस्नरमा जैविकरासायनिक पदार्थ राख्ने कुरा समेत भिडियोमा उल्लेखित छ ।

दक्षिण कोरियाले भने यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।

केही दिनअघि उत्तर कोरियाका अधिकारी काङ साम–ह्योनले भने, ‘सीआईए र दक्षिण कोरियाको जासूसी संस्था सबै खराबीका केन्द्र हुन् र उनीहरूले उत्तरका सर्वोच्च नेतालाई सिध्याउने तानाबाना बुनेकै हुन् ।’

‘राज्यप्रवर्द्धित आतंकवादका रूपमा उनीहरूले गरेको तयारीअन्तर्गत सर्वोच्च नेताविरुद्ध रासायनिक पदार्थ प्रयोग गर्ने कुरा खुल्न आएको छ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्