काठमाडौं, ७ जेठ –काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार विवेकशिल नेपालीले झण्डै १० हजार मत ल्याएको छ । ताजा मत परिणाम अनुसार विवेकशिल नेपालीका तर्फबाट महानगरको मेयरकी उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ६ सय ७ मत ल्याएकी छिन् ।
त्यस्तै, साझा पार्टीका तर्फबाट मेयरका उम्मेदवारले ७ हजार ९७ मत ल्याएका छन् ।
हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले सबैभन्दा बढी भोट ल्याएका छन् । उनले २३ हजार ९ सय २ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले १६ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।