०९ असार २०८३, मंगलबार

पार्टी एक हुनुपर्ने माग लिएर वामदेव गौतम प्रचण्ड निवासमा

फागुन १३, २०७७
पार्टी एक हुनुपर्ने माग लिएर वामदेव गौतम प्रचण्ड निवासमा

नेकपाका उपाध्यक्ष वामदेव गौतम पार्टी एक हुनुपर्ने माग लिएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवासमा पुगेका छन् ।

बिहीवार बिहान दुवै नेताबीच करीब १ घण्टा कुराकानी भएको थियो ।

खुमलटार स्रोतका अनुसार गौतमले प्रतिनिधि सभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गर्ने जिम्मा प्रचण्डकै काँधमा आएको छलफलका क्रममा बताएका थिए ।

'तपाईंले अब पार्टी एकताको आह्वान गर्नुस्,' गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'अब बल तपाईंको कोर्टमा छ ।'

जवाफमा प्रचण्डले अझै केही दिन हेरौं भनेका थिए । 'सबै कुरा केपीजीको शैलीमा भर पर्छ । उहाँ अब कसरी अघि बढ्नुहुन्छ, त्यसरी नै आगामी बाटो तय हुन्छ ।'

प्रतिनिधि सभा विघटन भएपछि नेकपा राजनीतिक ढंगबाट दुईचीरा भएको थियो । तर उपाध्यक्ष गौतम भने कुनै पनि पक्षमा नलागी एकता महाभियान शुरू गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्