०४ असार २०८३, बिहीबार

शिक्षालय प्रमुख कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित

फागुन १३, २०७७
शिक्षालय प्रमुख कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित

भोजपुरको सुम्नीमा पोलिटेक्नीक इन्स्टिच्युट देउरालीका शिक्षालय प्रमुख शंकरदेव कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कोइराला सम्मानित भएका हुन् ।  

उनीसँगै दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका शिक्षालय प्रमुख अच्युतराज दाहाल, पोखरा प्राविधिक शिक्षालय पोखराका उपप्रमुख राजीव कुमार ठाकुर र परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका हरि भण्डारी पनि सम्मानित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्