अस्ट्रेलियाको ब्रिसबेनमा विशाल कीरा देखापरेपछि मानिसहरू झसंग भएका छन् ।
कीरा हातको पञ्जा जत्रो छ ।
क्याम्प माउन्टेन क्षेत्रमा घुम्न गएको एक परिवारले यो कीराको तस्वीर फेसबूकमा राखेका हुन् ।
कीरा एउटा रुखमा थियो र त्यसलाई देख्दा शुरूमा त परिवारका मानिस झसंग भए । परिवारका सदस्यले कीरालाई नाप्न कोशिश गर्दा ठूलो मानिसको पञ्जाभन्दा ठूलो पाइयो ।
यो वूड मोथ भएको विश्वास गरिएको छ । यस्तो कीराको चौडाइ २५ सेन्टीमिटर र लम्बाइ १५ सेन्टीमिटर छ ।
यो हेर्दा खैरो हुन्छ र छातीमा गहिरो दाग हुन्छ ।
सामान्यतया गर्मीको बेलामा यो कीरा देखिन्छ । यो संसारको सबभन्दा भारी कीरामध्ये एक हो र यिनको तौल ३० ग्रामसम्म हुन्छ ।
अस्ट्रेलियाको पूर्वी तटमा यो कीरा प्रायः भेटिन्छ ।