३२ असार २०८३, बिहीबार

कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा जनमतको अपमान हो : लालबावु पण्डित

फागुन १३, २०७७
कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा जनमतको अपमान हो : लालबावु पण्डित

नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउनेतर्फ लाग्न नहुने बताएका छन् ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा जनमतको अपमान हुने उनले बताए । 

बिहीवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै अहिले नेकपाको कुनै समूहमा नलागेका पण्डितले नेकपा एकताको सम्भावना समाप्त भइनसकेको बताएका हुन् । पार्टी विभाजनअघि उनी नेकपामा माधव नेपाल निकट मानिन्थे ।

‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन । यो जनमतको अपमान हुने भएकाले कही यस्तो अवस्था नआओस् । मेरो यसमा विरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु,’ पण्डितले फेसबूकमा लेखेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएको भोलिपल्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । 

नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन।बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान...

Posted by Lalbabu Pandit on Wednesday, February 24, 2021

salt training

कमेन्ट गर्नुहोस्