०४ असार २०८३, बिहीबार

पेट्रोलको मूल्यवृद्धिविरुद्ध मुख्यमन्त्री नै सडकमा, घाँटीमा पोस्टर झुण्ड्याएर बाइक र्‍याली

फागुन १३, २०७७
पेट्रोलको मूल्यवृद्धिविरुद्ध मुख्यमन्त्री नै सडकमा, घाँटीमा पोस्टर झुण्ड्याएर बाइक र्‍याली

लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सडकमा उत्रिएकी छन् ।

मुख्यमन्त्री बनर्जीले कलकत्तामा विद्युतीय बाइक र्‍याली गरेकी छन् । 

उनी कलकत्ताका मेयर फिरहाद हकीमको बाइकमा बसेर र्‍यालीमा सहभागी भएकी हुन् । मुख्यमन्त्री बनर्जीको घाँटीमा महंगीविरुद्ध पोस्टर झुण्डिएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले मूल्यवृद्धि गराएपछि मुख्यमन्त्री बनर्जी त्यसको विरोध गर्दै सडकमा उत्रिएकी हुन् । ‘नोटबन्दी, पेट्रोल–डिजलको मूल्यवृद्धिका कारण देश पछाडि जाँदैछ, यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साह जिम्मेवार छन्,’ उनले भनिन् ।

मुख्यमन्त्री बनर्जी नेतृत्वको पार्टी तृणमूल कांग्रेस (टीएमसी) ले भारतीय जनता पार्टी (भाजपा) र केन्द्र सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्