×

NMB BANK
NIC ASIA

एन्फा १३ वर्षमुनिका फूटबल खेलाडी छनोट गर्दै

फागुन १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अखिल नेपाल फूटबल संघ (एन्फा) ले फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फूटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फूटबल संघ अन्तर्गत सञ्चालित ग्रासरुट फूटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणको छनोटमा पर्न सफल भएका छन् ।


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेश फूटबल संघका महासचिव गणेशकुमार कार्कीले एन्फाकै प्रशिक्षक तथा प्राविधिक टीमले २६ मध्येबाट राष्ट्रियस्तरका लागि खेलाडी छनोट गर्ने जानकारी दिए । उनका अनुसार आधारभूत तहदेखि नै फूटबलको विकास गर्न, सानै उमेरदेखि फूटबल प्रशिक्षण दिई युवा उमेर समूहको टीम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनोट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको हो । 

Vianet communication
Laxmi Bank

सुर्खेतमा फागुन १८ र १९ गते स्थानीय रंगशालामा खेलाडी छनोट चरण सञ्चालन हुनेछ । छनोटमा आउने खेलाडीले आपूm २०६५ पुस १५ देखि २०६६ पुस १४ गतेसम्मको अवधिमा जन्मिएको जन्मदर्ताको प्रमाण पेश गर्नुपर्नेछ । जिल्ला र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना प्राविधिक केन्द्रमा आवासीय रुपमा राखेर पढाइ लेखाइसँगै फूटबल प्रशिक्षण दिनेछ । 

बालबालिकालाई ८ वर्षको उमेरदेखि नै फूटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करीब ३ वर्षदेखि ग्रासरुट फूटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीबीच ग्रासरुट लिग पनि नियमित रूपमा सञ्चालन भइरहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x