०१ असार २०८३, सोमबार

उपसभामुखको निर्वाचन क्षेत्रमा २ एम्बुलेन्स खरिद

फागुन १३, २०७७
उपसभामुखको निर्वाचन क्षेत्रमा २ एम्बुलेन्स खरिद

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि २ एम्बुलेन्स खरिद गरिएको छ । 

उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईंका अनुसार योजनाअन्तर्गत राजापुर–६ मानपुरटपरा स्वास्थ्य चौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरिद गर्न १०/१० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको थियो ।

खरिद गरिएको एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले बताए ।

एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीय उत्साहित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्